बाँकी नै छ ..

Category:


बिशाल आकाशको एउटा सानो टुक्रा
मेरो पछ्यौरीको छेउ भित्र गाँठो पार्दै
त्यही मेरो स्वर्ग बनाउने हिम्मत पलाएको छ..
मनको गमलाभित्र सपनाको फुलबारीमा
निश्चिन्त फुलिरहने मेरा ब्यग्र इच्छाहरुलाई फलाउँदै फुलाउँदै
कोपिलामा रङ भर्न भरपुर प्रयासमा
मस्त निदाएका भावनाहरु गहिरो निन्द्राबाट झसँग ब्युँझिए झैँ
एक एक गर्दै जुर्मुराइ रहेछन् ..
तर ,
यसपाली चाँही सचेतमा आँखाहरु उघारिरहेछन्..
फेरी प्यारालाइसिस नहुने विश्वाश सहित ,
एउटा दरिलो अठोठ लिएर..
चेतनाको आगोहरु लिएर ..

एकै टुक्रा आकाशमा पनि बिना सिमा रेखा
यसैलाई खोज्न पाइलाहरु निरन्तर भौँतारिरहेछन्..
र त जति हिड्यौ उति नै नयाँ बाटाहरु निर्माण हुँदै जान्छन्..
भावनाहरु आकाशिदैँ उसरी नै रहरहरु उक्लिदैछन्..
इन्द्रेणीका रङ्हरु छर्दै जीवन रङमञ्चमा उत्रिदैँछन्..
त्यसैले ,
जति बाँचे भन्छु जीवन झन् गहिराइमा यो भासिदैँ जाँदा
मलाई लाग्दैछ ,
म मेरो आकाशभित्र सयर गर्न अझै सिगैँ यात्रा बाँकी नै छ..
मेरो मुल घर सम्म पुग्न कति झर्नु र उक्लनु बाँकी नै छ ..
जीवनलाई ठोस परिभाषित गर्न पुरै जीवन जिउन बाँकी नै छ ..

Comments (2)

मलाई लाग्दैछ ,
म मेरो आकाशभित्र सयर गर्न अझै सिगैँ यात्रा बाँकी नै छ..
मेरो मुल घर सम्म पुग्न कति झर्नु र उक्लनु बाँकी नै छ ..
जीवनलाई ठोस परिभाषित गर्न पुरै जीवन जिउन बाँकी नै छ


आशा जी, कविता निकै राम्रो लाग्यो । तपाईको जीवनप्रतिको बुझाई वास्तविक लाग्यो । माथि पंक्तिमा भनेझैँ मान्छेहरु समस्यासँग भागेर जीवनको अन्त्य खोज्छन् त्यो कायरतापूर्ण सोचाई हो जीवन त जीवन जीउनुपर्छ अनि पो जीवनको मूल्य थाहा हुन्छ । कवितामय टाँसोको लागि तपाईलाई हार्दिक धन्यवाद । ढिलै भएपनि नववर्ष २०१०को हार्दिक मंगलमय शुभकामना सहित

अनि आशा जी तपाईको ब्लग लिस्टमा त म छुइन कृपया सहयोग र समर्थनको आश गर्छु ।
www.onlinekhaskhas.blogspot.com

तर साँच्चै बाँकि नै छ आशा जी !

Post a Comment