साँचो माया म मेरै माटोलाइ लाउँथे
गीत मिलनको म रोधीँमा नै गाउँथे
आज भएँ सवैदेखि कोसौँ धेरै टाढा
नत्र हिजो जस्तै गाउँबेसी म धाउँथे
हुन्न रै'छ सधैँभरि एक्नासे जीवन
बरु खरले नै घरको छानो म छाउँथे
कसो गरि फर्काउँ म बितेको त्यो पल
हुदोँ हो त चरी झैँ पखेटा हाली आउथेँ
मन त्यहाँ तन यहाँ सम्झना हरपल
आँशु जति झरे नि समिपमा म पाउँथे
दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार भव्यताको साथ
सम्पन्न
-
दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार (नयाँ वर्ष)
को शुभकामना आदान प्रदान तथा सस्कृतिक कार्यक्रम भव्यताको साथ दमक -९ को
चन्द्रमा ...
1 month ago