मान्छेहरु द्वारा मान्छेहरुलाई नै काटाकाट किन होला ?
खोक्रो बिजयको लागि भाईभाइमै हाताहात किन होला ?
सहिद हुन त भइसके देशका लागि अकालमा विचराहरु
फेरी सम्पत्तिकै निम्ती आफन्तमा लातालात किन होला ?
नयाँ नेपाल बनाउँछु भन्दै छुरा घोप्ने नरपिचासहरु हरु हो
जनताको आँखा छली भित्रभित्रै गुपचुप साटासाट किन होला?
संघियताको नाममा देशलाई टुक्र्याउन खोज्ने नेताहरु हो
व्यवहारिक नभै सैदान्तिक संविधानका खाताखात किन होला
कुर्सिकै मोहमा गोहीका आँशु झार्न नहिच्किचाउने तिमीहरु
कुर्सिलाई अँगालोभरी बाँधेपछी नि मातामात किन होला ?
परजिवी झै अर्काको ईशारामा चल्ने लाज पचेकाहरु
गोर्खाली शिर झुकाइ भ्याइनभ्याइ चाटाचाट किन होला?
विहानको मन्द पवनसगैं
चरीहरुको चिरचिर चिराहटमा
झिसमिसे उज्यालोमा म झसगँ ब्युझिँन्छु
र मलाई मेरो नेपालको यादले सताउन थाल्छ
आज किन हो किन मेरो मेरो जन्मभुमिको
निकै झझल्को लागि रहेको छ
त्यो पाखा,पखेरा र खेतका गर्हाहरु
देउराली,भञ्ज्याङ अनी पाटी पौवाहरु
डाँडा गाउँको माईथान र चौताराहरु
सङ्ला खोला र झरनाहरु साथै घनघनस्या उकालाहरु
त्यो राते गाईको बाँ बाँ र म्याँ म्याँ गर्ने पाठाहरु
कोइलीको मिठो धुनसँग मनमुग्ध हुँदै
भाले बासेका मिर्मिरे विहानीहरु
सगीँहरुसँग मेलापातमा हिंडेका दिनहरु
रोधीँ घरमा निश्चल मित्रता र मायाहरु
साटासाट गरेका ती खुशीका क्षणहरु
घरको आँगन्,दलान र त्यो कुनाको चुल्हो
जहाँ ममताको आभास पाइन्थ्यो ।
हो.. यि सवै सवै मिश्रित भावनाहरुले
आज म यो एकान्त विहानमा
सम्झनाका सगाँलोहरुसँग रमाइरहेछु ।
समयले कति चाँडै कोल्टो फेरिरहेको
हिजो जस्तै लाग्छ मलाई मेरो देश छोडेको
तर कर्मभुमिमा आफुलाई होम्याउँदै जादाँ
थाहै नपाई बर्षौ बितिसकेछन् ।
मिलनको प्रतिक्षामा दिनहरु त बित्ने नै गर्छन्
उही एउटा सहारा छ, अतितका मिठा यादहरुसँग
भोलिका सुन्दर सपनाहरुलाई अगाँल्दै
आजको वर्तमानलाई फकाइ फुल्याइ स्विकार्नु छ ।
अझै म कल्पनाको संसारमा पौडिरहेछु
कति दसैं आइसकेछन्,
कति तिहारहरुले फड्को मारिसकेछन्
र हेर्दाहेर्दै फेरि यसपालिको दशैँ पनि
प्रत्यक घर,आगँनमा भित्रिसकेछ ।
आज त घटस्थापनाको दिन
सवै जमरा राख्न तरखर गरिरहेका होलान्
तल्लो गाउँमा पहिले झैँ रोटेपिङ हाले होलान्
कति परदेशीहरु रमाउँदै आफ्ना घर फर्के होलान्
डाँडा माथिका घाम भईसकेका आमा बाबाहरु
आफ्नो बिडोँ लाई देखी
सन्तोषको सास फेरे होलान्
पल्लो घरकी भाउजु
मिलनको गीतमा रमाइरहेकी होलीन्
भुन्टे र सान्नानी पनि नयाँ लुगा पाएर
फुरफुर भईरहेका होलान्
एकपटक आउने दशैँमा खुशीयाली बाँड्न
सवैजनाले सक्दो तम्तयारी गरिरहेका होलान्
म चाँही यो क्षितिज पारीबाट
यस्तै यस्तै मनका तरगँहरुलाई
एकाग्रतामा उन्दै कल्पनामै भएपनि
मलाई मिठो अनुभुती दिलाइरहेछ ।
दशैँ दशैँको आफ्नै महत्व र परिभाषा लिएर आउ
परम्परा र संस्कृती जगेर्नाको जाग्रिति लिएर आउ
चाडपर्वसगैँ भित्रिने विकृति,बिसंगतिहरुलाइ नअगाँलिकन
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आउ
धनीका महलहरुमा मात्र सधैं किन रमझम दशैँको ?
प्रत्यक गाउँ,बस्तिमा खुशीयालीको बहार लिएर आउ
हत्या र अपराधको माहोलमा यसपालिको दशैँले
दिगो शान्ती र सुरक्षाको प्रत्याभुती लिएर आउ
राष्ट्रियता र अखण्डतालाई निरन्तर जोगाइरहन
हरेक नेपालीमा अटुट साहस र सामर्थ्य लिएर आउ
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
वडादशैँको अवसरमा शुभकामनाको सुभेच्छाहरु सगैँ
परिवर्तनको लागि सकारात्मक सोच र बिश्वास लिएर आउ
मनभित्र उठेका छालहरु
दिमागमा उब्जिएका तरंगहरु..
ब्यक्त नगरिएका भावनाहरु..
वा ब्यक्त गर्न प्रयास गरिदाँ पनि
गुम्सेर र गुम्साएर राख्न खोजेका
पिजँडा भित्रका ब्यथाहरु..
शिर्षक बिनाका कती
अन्त्यहिन कथाहरु..
न्याय नपाएर अदालतको ढोकामा
घच्घच्याइरहेका निर्दोषका लामबद्ध केसहरु..
गाँस, बास र कपासको अभावमा
छट्पटाउदैँ ज्यान गुमाएका
बिचरा! हामी गरीब जनताहरु..
अन्याय र अत्याचारको बिरुद्ध लड्डै
नेताहरुको खिचातानीलाई,
चर्को उपहासको रुपमा आफुलाई उभ्याइ
आफ्नो देश र माटोलाई बचाउन
गरिएका कयौँ नरनारीहरुका प्रयासहरु..
सबै, सबै मिश्रित भावनाले
प्रतिबिम्बित भई आज यो चित्रकार
क्यानभासको दुनियाँमा हराउँदै,
कतै विना रङ त कतै रङ्हरुसँग पोतिदैँ,
शब्दहरुमा ओकल्न नसकेका
हर ती असहय् रेखाहरुलाई
यि मुर्त अनी अमुर्त चित्रहरुमा
मैले ठड्याएकी छु,उतार्ने प्रयास गरेकी छु..
उत्पीडनका एहसासहरुलाई
प्रत्यक कोणहरुमा छरी
उदागं हुने जमर्को गरेकी छु..
स्वतन्त्र नखुलेका किताबका पानाहरु ,
आज रङ र चित्रहरु मार्फत
एउटा छुट्टै परिचय लिई मानिसहरुको भिडमा
खुलाउने र बोल्ने कोसिस गरेकी छु ..
तिमीलाई स्वीकारोक्ती होस् या नहोस्,
तिमीले बुझ या बुझेर पनि बुझपचाउ,
तर आज म सन्तुष्टको सास फेरिरहेकी छु..
गर्हौ अनी निस्सासिएका भावनाहरुलाई पोखी
मन हलुको र आत्म शान्तिको
महसुस गरिरहेकी छु ..
Subscribe to:
Posts (Atom)