प्रकृतिकै उत्कृष्ट उपहार
सजीवहरुमा सबैभन्दा सर्वश्रेस्ठ
विवेक र शुशिलताले भरिपूर्ण
मानव रुप धारण गरेको
हे मान्छे ! तँ कस्तो भाग्यमानी !
तर खै किन बुझ्दैनन् मान्छेहरुले,
जीवन पछीको मृत्यु त
एउटा शास्वत सत्य हो..
भेट्नु र छुट्नु त जीवनको रीत हो..
दु:ख अनी सुख त जैबिक प्रकृया हो..
हार्नु र जित्नु त जीवनभरी
चलिरहने खेल हो..
कस्तो विडम्वना !
सबै कुराको चेतना भईकन पनि
मान्छे त्यसैमा अल्झिरहन्छ..
त्यही भुमरीमा फसिरहन्छ..
यथार्थलाई पर सारी
क्षणिक सुखको निम्ति
हरपल उस्तै गरी तड्पिरहन्छ..
न त्यो भवसागरको दलदलबाट
उ उत्रिन सक्छ..
न त कुनै ठोस वस्तुको पहिचान गरी,
जीवनमा अनन्त खुशी र सुखका
बहारहरु छर्न सक्छ..
त्यसैले हे मान्छे ! तिमी उठ !
तिमी जाग त्यो निन्द्राबाट,
यी सारा सांसारिक मोहबाट माथि उठेर
आफुलाई एकचोटि फर्केर हेर..
मान्छे हुनुको अर्थलाई
निस्वार्थ मनले नियाली हेर..
यो अमुल्य उपहार अनि समयलाइ
जीवनको तमासामा त्यसै खेर नफाल..
भौतिक सुखलाई नअगाँलिकन,
आत्मिक सन्तुष्तिलाई स्विकार्ने प्रयास गर..
हो, त्यँही मान्छेको पूर्ण खुशी छरिएको छ..
हो, त्यँही मान्छे हुनुको परिभाषा लुकेको छ..