मेरो दृष्टिमा

Category:



अझै प्रस्ट नदेखिएका चित्रहरु
यी रित्ता पानाहरुमा कोरुँ भन्छु
भावनाका तरेलीहरुलाई सम्बोधन गरी
यही कोरा कागज भित्रै सजाउँ भन्छु
तर फेरी ,
बिम्ब, भाव र प्रतिकको
यावत नियम कानुन र आकार प्रकारको सिमाभित्र
मेरो यो भर्खर पेटभित्र हुर्किदैँ गरेको सन्तान जन्मिन नपाउँदै
सिमाना वारीपारी बाट नै थिचोमिचो भई
गर्भभित्रै मर्ने हो कि भन्ने मेरो कमजोर डरहरुले
स्वतन्त्रतामा एउटा पन्छी जस्तै उड्ने मेरा रहरहरुलाई
कहिलेकाहिँ त्यसै खल्बलाए जस्तो गर्छ ..

फेसबुकमा दर्जनौं रचनाहरु दिनहुँ ओइरो लाग्छन्
ब्लगका भित्ताहरुमा प्रत्यक दिन त्यसैगरी
नयाँ कोशेलीहरु झुण्डिरहेकै हुन्छन् ..
कोही नयाँ युग चेतना बोकी
नौलो शैलीको प्रयोग अनि त्यस्तै आशा र अपेक्षामा
विश्व माझ टक्कर लिने विश्वाश सहित
निर्धक्क छाती फुलाइ अघि बधिरहेका छन् ..
त कोही परम्परागत भावलाई प्राथमिकता दिई
यसैलाई निरन्तरता दिनुपर्छ भन्ने प्रेरणाले उत्प्रेरित भई
आफ्नो मौलिकत नगुमाऔँ भन्ने अनुरोधमा घाँटी सुकाइरहेछन् ।

यिनै पारम्पारिक,आधुनिक र उत्तराधुनिक बिचको
साहित्यिक बिचार , बिमर्श र लक्ष्यको द्वन्दमा
म पिल्सिएको एउटा बिचरा कलिलो अनुहार
ठीक , बेठीकको गणना नगरि निर्दोष बालक झैँ
यसरी नै हावामा बोल्छ यथार्थ
उड्छ मन अघाउन्जेल सिमारहित चारैतिर
पोख्छ दिनका अनुभवहरु हरेक रातको बिसौनीसँग
लेख्छ ज्वलन्त ईतिहासका किताबहरु भोलिका लागि
आलोचना,समालोचना र बिपक्षीहरुको तर्क वितर्क हरुसँग
अनवरत यात्रा जारी राख्छ , एउटा सवल प्रमाण लिएर ..

जसले पचाउँदो शिर्षक नै किन नपाओस्
जसलाई पूर्ण स्वरुप प्रदान गर्न नै किन नहिच्किचाओस्
न त यो कसैले रोकेर रोकिन्छ
न त यो कसैको धम्काइमा डराउँछ
बश,
यो त चुली नै रहन्छ शिखर छुनलाई
चालिएका पाइलाहरुलाई सार्थकता दिलाउनलाई ..
बिचार हरुको भिडमा आगन्तुक आवाजहरुको
अनौठो छाप अनन्त सम्म छोड्नलाइ ..
नेपाली साहित्य फाँटलाई सवैको नजरमा
स्वतन्त्र अगाँली हात्तेमालो गरी उकास्नलाई ।।

Comments (4)

आशाजी!

अझै प्रस्ट नदेखिएका चित्रहरु
यी रित्ता पानाहरुमा कोरुँ भन्छु.....

तपाईंको लक्ष्य र त्यो भेटिछाड्ने अठोटलाई सलाम! शुभकामना पनि!

सुन्दर लेखन। तपाईको इच्छा र लक्ष्य पुराहोस मेरो पनि शुभकामना

लेखनीमा सकारात्मक विचार प्रवाह गर्नै जो कसैको म खुला हृदयले तारिफ गर्छु । आशाजीको यो कवितामा त्यही विशेषता पाएँ मैले । पढिरहँदा मजा आयो.....

सगरमा था झै अग्लिएका भावनाको खेती पाएँ आशा जी यसरी नै उकलनु होला आफ्नो अमुल्य भावना सँग तपाईंलाई शुभकामना ,,,,

Post a Comment