समयको भुमरी अनि परिस्थितीको खेलहरुमा
जीन्दगीको लडाईं पाइलै पिच्छे गर्नु पर्ने
कहिले अर्काको लागि बाँचिदिनुपर्ने
कहिले आफ्नै लागि मर्नुपर्ने
कहिले यही मनलाई ताल्चा मार्नुपर्ने
त कहिले यसैलाई सम्हाल्दै
सम्झौताका बाटाहरुमा हस्ताक्षर गरि अघि बढ्नुपर्ने
खै जीवनको परिभाषा
यस्तै यस्तै नियतिहरुमा अल्झिदोँ हो
पुरा अर्थ खोज्ने प्रयासमा ,
आशाका दियालोहरुसगैँ
एउटा सुनौलो बिहानीको प्रतिक्षामा
भिन्दा भिन्दै अनुभबहरुले
जीवन बुझ्ने चाहनाहरुलाई अधुँरो पार्दै
त्यो पुरानो जिज्ञासालाई पछाडि पारी
फेरी नव रसले जीवन प्रतिको मोहलाई
अझ रसिलो बनाउँदो हो
हो , म त यही नै हो भन्थे जीवन
तर ,
जीवनले सधैं मागे जस्तो अधिकार कहाँ पाउँदो हो र ?
अधिकतम कोसिस त हाम्रो यसलाइ
बाँच्नु र बचाउँनुकै चक्रमा अघि पछि दौडीरहेको छ
चाहे त्यो आफ्नो माटोबाट टाढा रहेर किन नहोस्
वा मनको इच्छा र अभिलाषालाई गुम्साएर किन नहोस्
चाहे त्यो आफ्नो अस्तित्वलाई छेलमा राखेर किन नहोस्
लक्ष्य र गन्तब्यहरु एकछिनलाई पछाँएर किन नहोस्
उही एक चौथाइ माडको होडबाजीमा
जीवनलाई कहाँ , कहाँ मात्र जोखिदैँन
कसरी पो यसको स्वरुपलाई बदल्दैनौं
कहिले पो यसलाई रणभुमीमा उभ्याइदैनौँ
र पनि यो बिचरा जीवन
एकतमासले आफ्नै तमासा हेरी बस्छ बिना प्रतिकार
धर्यधारणमा मौन प्रतिक्रिया गर्छ आफैसगँ
तैपनी यसलाई सार्थक बनाउने एउटा सिगोँ विश्वाशमा
यधपि जीवनका अन्तिम पलहरुमा पनि
सम्झाउँदै, बल्झाउँदै प्रश्नहरु तेर्स्याउँदै सोध्छ -
हे मान्छे ! तैँले मलाई यथार्थमा बुझेकै हो त ?
तेरो आँखाबाट मलाई छर्लगँ देखेकै हो त ?
कविता मिठो छ, जीवनको कठोरतालाई कोमलतापूर्वक उधिन्ने कोशिश गरेको छ।
कविता यात्रा जारी रहोस् आशाको।
मानबले जीवनलाई व्यतित गर्दे ब्यक्त गर्ने परिभाषाहरुको गुजुल्टो कवितामय ढंगले फूकाउनु भएछ आशा जी ! निकै रामाइलो लाग्यो ।
आशा जी जीवनलाइ तपाईले निकै गहिराईमा पुगेर हेर्नु र अनुभव भएको रहेछ - एक दम राम्रो लाग्यो !