गजल

Category:

जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ

एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ

मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ

खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ

तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ

मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ

Comments (2)

बास्तबमै साह्रै सुन्दर पाए मैले यस गजलमा तपाईको जीवन। कसैले माया गरे पनि नगरे पनि आफूले त हार्नु भएन। तपाई आफू चाहिँ खरो उत्रेको नै पाऐ आशाजी। फेरी आफूले चाहेको को हात नै थाम्न पाएँ पछि अरु के नै छ र।
मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा, पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ
सुन्दर अति सुन्दर लाग्यो माया को भाव!! यसरीनै पोखिरहनु होला।

गजल यस्तै परिवेशको मीठो!! मज्जा आयो पढ्नलाई ।

Post a Comment