ओईलिएको साईनो

Category:




जहिले जुन र ताराहरु लुक्छन् आकाशको छात्तीभित्र
चकमन्न अध्याँरोमा
कहाली लाग्दो, निस्सार समयको एउटा पाटो बन्छ ।
ठीक तिमीले मलाई त्यस्तै
औसीँका दिनहरु उपहार दिएर गयौ ।
त्यसैले अचेल म ,
हररात विल्कुल शुन्य सन्नाटाको गोलार्धमा पिल्सिरहेछु ।
प्रत्यक रात रित्तो अझै रित्तो बन्दै गईरहेछु ।
अनी उही औसीँमय गोलार्धमा ,
अमुल्य समयहरु जानी नजानी फ्याँकीरहेछु ।

तर,
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।
मैले त मात्र समर्पण गरेकी थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएकी थिएँ
आस्था,भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएकी थिएँ ।

अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?

त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि 
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।

Comments (5)

हैन यो मया पिरिममा खालि धोका मात्रै हुन्छ कि क्या हो? मलाई त डर लागि सक्यो भन्या !!

Truly...I am in tears right now Asha ji... mero maan bhitra...kata kata chiso banayo...kabita le.....kahi merai bhawana...kornu bhayeko ta hoina...kahi katai ma nai ta...yo kabita ko patra parina....

Sachai akha rasila bahyeka chan... :'(

भाव निराशावादी भएपनि प्रस्तुति सशक्त छ, पिडालाई सबैसंग बाँड्न कविता सक्षम छ। अरु पनि आऊँदै गरुन्, आशाको कलम नरोकियोस्।

एक ठाऊँमा "---समयहरु" प्रयोग गरेको रहेछ, त्यो अलि नमिल्दो प्रयोग हो कि जस्तो लाग्छ, "समय" मात्रै प्रयोग गर्दा ठिक होला भन्ने लाग्छ मलाई।

आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
कता कता मेरो मनमा झिल्का हान्यो। सशक्त प्रस्तुति सगै साह्रै सुन्दर भावहरु पाए मैले त।

"आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेकी छैन ।"

अशाजी गहिरो पीडाबोध कवितामा भए पनि कविता पढ्दा आनन्द आयो | शायद अशल कविता हुनुको अर्थ यहीं होला |अतिनै निश्छल भाव छ कवितामा हृदयको शाश्वत अभिव्यक्ति कविता भएर बहे जस्तो | शैलीगत हिसाबले देखापरेका केही कमजोरीहरूले स्वत : माफी पाए मबाट |
धन्यबाद |

Post a Comment