तिमी

Category:


म आँफैभित्र हराइरहेको बेला
रणभुल्लमा परि बाटो बिलाइरहेको बेला
मेरा खुट्टाहरु लर्खराइरहेको समय
आस्थाहरुको दियो बिस्तारै निभ्दै गर्दा
किनारा जस्तै पन्छिएर बस्न खोज्दा
अनायासै कहाँबाट तिमीसँग भेट भयो
साथीत्वको चोखो नातामा बाँधिएर
हामी हिड्दै थियौं..
तर मन न हो ,
भावनाहरु आपसमा मेल खाँदा
समयसगैँ एकआपसमा नजिकिदैँ जाँदा
थाहै नपाई प्रित बस्दोरहेछ
चाल नै नपाई यो मनले
कसैलाई चाहदोँ रहेछ ।
अनी फेरी भत्किएको सपनाको महलमा
नयाँ उमगँहरु पलाउँदो रहेछ
खुशीहरुसँग जिउने आशा जाग्दो रहेछ
मिलनका कल्पनाहरुसित घनिभुत हुँदै
एउटा बलियो आधार मिल्दो रहेछ बाँच्नलाई ।
तिम्रो अटल विश्वासले
मेरो आत्मबिश्वासमा आयाम थपिदिदाँ
तिम्रो आगमन मेरो जीवनमा
एउटा सुनौलो उपहार जस्तै
भगवानले दिनुभएको आशिर्बाद जस्तै
किनकी,
तिम्रा निश्चल आँखाहरुमा मेरा खुशीहरु लुकेको देखेँ
तिम्रो चोखो स्पर्शमा केवल कोमलता पाएँ
तिम्रो भावनाहरुमा मात्र मेरो प्रतिछायाँ पाएँ
तिम्रो अगाँलोमा बाँधिदा मैले सुरक्षित महसुस गरेँ
तिम्रो विश्वाशमा मैले जिउने आधार भेट्टाएँ
तिम्रो प्रबेशमा मैले पुनर्जीवन पाएँ ..
त्यसैले ,
मैले मेरो मन, मुटु, आत्मा
सवै सवै तिमीलाई अर्पिसकेकी छु
अब म तिम्रो लागि जिउनेछु
हाम्रो लागि बाँच्नेछु
सगैं साँचेका सपनाहरुको निम्ति आँट्नेछु
बिच बाटोमा हाम्रो यात्रा सुरु भए पनि
तिमीसगैँ यो यात्रा नै अन्तिम यात्रा हुनेछ
मेरो जीवन्,खुशि,सपना अनी यथार्थता
केवल तिम्रै नामसँग जोडिनेछ ...

Comments (0)

Post a Comment