देउरालीलाई भाकी हजार कसम खाएपछि
बुढासुब्बालाई साक्षी राखी प्रीत लाएपछि
जुनतारालाई हेर्दै मात्र तिम्रै हुन्छु भन्थ्यौ
उजाड भएँ आज म तिमी नभमा हराएपछि
हर्ष अनि आँसुको के मुल्य रहेछ र यहाँ ?
आखिर तिमी क्षितिज पारी नै रमाएपछि
घाम देखे घामै राम्रो तिमीलाई जुन देख्दा जुन
पुरानो मायालाई बिर्सेंर नयाँ आशा पलाएपछि
सपनामा बर्बराए नि बिपनामा पागल भने नि
केवल सम्झनाको डाली मेरो हातमा थमाएपछि
केटाकेटीहरु दमक स्थित भाटभटेनी डुल्दा ...
-
नानीहरु र गाउँका दाजु भाउजुहरु सँग दमक स्थित भाटभटेनी सपिंङ्ग डुल्दा ...।
5 days ago
विरही भाव पोखिएको गजल मिठो छ!