शुभकामना

Category:



वडादशैँ २०६६ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन, यहाँ पाल्नुहुने प्रत्यक जान तथा अन्जान मित्रहरु र सवै पाठक अनी शुभचिन्तकहरु प्रति आभार ब्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
बिजयादशमीको आगमनसगैँ हर घर,आँगनमा खुशीहरु छाओस्, सुख र सन्तोषको बास होस् अनी मनमुटाव्,रिसराग र इर्ष्या भावनाहरु सधैंको लागि नाश होस् भन्ने कामना मेरो,तपाइँको र हामी सवैको एउटै छ । देवी भगवतीले सवैको रक्षा गरुन्, हरेक दु:ख कष्टसँग र आरोह अवरोहसँग लड्ने शक्ति प्रदान गरुन् र आ-आफ्नो लक्ष्यसम्म पुग्न निरन्तर साथ दिउन् भन्ने कामना र विश्वाश सहित विरानो मुलुकबाट आफ्नो घरपरिवार, आफन्त र साथीभाइहरुलाइ चाहना,विवसता र सम्झनारुलाई अगाँली यो शिशु गजल तपाईंहरु माझ पस्केकी छु ।

बिरानो छ वस्ती अझै विरानै छ ठाउँ
परदेशको आँगनमा वरै छैन कुनै गाउँ

यता कहिले उता फुरफुर भई हिड्थे
आज एक्लै परदेशमा कहाँ म धाउँ

मिठा मिठा परिकार्,आमाको हातबाट
एकान्तमा ब्यन्जन यहाँ कसरी म खाउँ

कागलाई बेल पाक्यो हर्ष न बिस्मात
कस्लाई बाँडु पिडा आज कहाँ भन्न जाउँ

फाटेका मनको चोली केले अब सिउने?
सान्तवनाको मल्हम कहिले सम्म लाउँ

यस्तै रहेछ रीत भनी हार खाएँ अब
टाढाबाटै भएनि आमा आशिर्बाद पाउँ

यसैसगैँ एउटा सानो शुभकामना सन्देश पनि टाँसीदिएँ है त ,

रमाइलो गरौँ तर सस्तो होडबाजीको
पछी कहिल्यै नलागौँ
चाडको आगमनसगैँ विकृति र बिसंगति
हरुलाइ भुलेर नि नअगालौँ
परम्परा र संस्कृती जगेर्नाको नाममा
अन्धा रितिरिवाजहरुलाइ निरन्तरता नदिऔँ
समयको परिवर्तनसगैँ आफ्नो
ब्यक्तित्व विकाशमा जोड दिऔँ
संकुचित विचारहरुलाई त्यागी
स्वच्छ भावनहरुको निर्माण गरौँ
सिद्दान्तमा मात्र सिमित नराखी अर्जेको ज्ञानलाई
व्यबहारमा पनि उतार्ने प्रयास गरौँ

Comments (3)

Happy Vijaya Dashami to you and all the readers of this blog. Wishing you a happy and prosperous life ahead.

बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

विजया दशमीको पावन उपलक्ष्यमा आशाजी तथा यस ब्लगमा पाल्नु हुने सम्पूर्ण मित्र हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

Post a Comment