दशैँ दशैँको आफ्नै महत्व र परिभाषा लिएर आउ
परम्परा र संस्कृती जगेर्नाको जाग्रिति लिएर आउ
चाडपर्वसगैँ भित्रिने विकृति,बिसंगतिहरुलाइ नअगाँलिकन
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आउ
धनीका महलहरुमा मात्र सधैं किन रमझम दशैँको ?
प्रत्यक गाउँ,बस्तिमा खुशीयालीको बहार लिएर आउ
हत्या र अपराधको माहोलमा यसपालिको दशैँले
दिगो शान्ती र सुरक्षाको प्रत्याभुती लिएर आउ
राष्ट्रियता र अखण्डतालाई निरन्तर जोगाइरहन
हरेक नेपालीमा अटुट साहस र सामर्थ्य लिएर आउ
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
वडादशैँको अवसरमा शुभकामनाको सुभेच्छाहरु सगैँ
परिवर्तनको लागि सकारात्मक सोच र बिश्वास लिएर आउ
केटाकेटीहरु दमक स्थित भाटभटेनी डुल्दा ...
-
नानीहरु र गाउँका दाजु भाउजुहरु सँग दमक स्थित भाटभटेनी सपिंङ्ग डुल्दा ...।
4 days ago
दसैँ साँच्चै यसरी नै आइदिएको भए........
यो विजया दशमी, यस्तै कामना हामी सबैले गरौँ !
अब हामी युवा जनशक्तिको पालो हो देश बनाउने
बिकासको निम्ती ज्ञान र चेतनाको लहर लिएर आउ
गफगाफजीले भने जस्तै साचै दशै आईदिएको भए......
सु-संस्कार र परिवर्तनको आग्रह सँगै बाँड्नु भएको शुभकामना रुपी कवितले यथार्तलाई उनेको छ । मिठो कवितको लागी धन्यबाद आशा
जी ।
मैले पनि यहीबाट दशैको शुभकामना टक्राए है तपाइलाई ।
नामको जस्तै उच्च नबिन आशाहरुले शिखरको चुचुरो चुम्न सफल बनाओस यो दशैको टीका जमरा, माता दुर्गाको कृपा र मान्यजनको आशिर्बादले ।