गजल

Category:

जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो

धेरै छन् ओकाली ओराली यात्राहरुमा हाम्रो
यसैसँग सुन्दर भबिष्य गाँस्न पाए हुन्थ्यो

हार्नु अनि जित्नु त जिबनको पाटो यहाँ
कमजोर नभइ आँसुमा नि हाँस्न पाए हुन्थ्यो

हिंड्नु छ अझै धेरै लक्ष्य सम्म पुग्न
चुनौतीलाई सामना गर्दै आँट्न पाए हुन्थ्यो

होलान्, आउँलान् थुप्रै संघर्षका मैदानहरु
फल्दै,फुल्दै अनुभबहरु बाँड्न पाए हुन्थ्यो

Comments (3)

जिबनका सुख दु:ख साँच्न पाए हुन्थ्यो
अधरमा मुस्कान छरी बाँच्न पाए हुन्थ्यो
आहा, कति आनन्द आउने बैचारीक भावनामा कोरिएको गजल । आशा जी गजलमा राम्रो प्रगति हुदै छ निरन्तरताको कामना ।

धेरै राम्रो गजल, जुन आफ्ना हृदयमा कैद सम्पुर्ण चाहना ब्यक्त गर्नु भएको रहेछ अबस्य पुरा हुनेछ, ईस्वर सदा तपाईको ईच्चा पुरा गरुन।

धन्यबाद।

गजल लेख्न त तपाईं पनि माहिर हुनुहुदो रहेछ नि आशा जी

Post a Comment