बिचरा ! जाजरकोट..

Category:

Photo:News of Nepal
नुन छैन,तेल छैन,छैन जीबनजल
अकालमै म्रुत्युको सिकार भैइरहेछन ती बझौरेहरु..
सरर प्लेनमा दृष्यावलोकन गर्दै भ्रमण गर्छन्
हाम्रा नेता भनौदाहरु..
फेरी ती सोझा,गरिब जनताहरुलाई
उस्तै गरी पहिर्‍याउँछन आश्वासनका मालाहरु..
जब फर्कन्छन कान्तिपुरी नगरी
कानमा तेल हालेजस्तै केही थाहा नपाए झै गर्छन्..

अनि यता हाम्रो स्वास्थ्य मन्त्री चाँही
जर्मनको हावामा सास फेर्दै फुर्सद छैन..
यता जाजरकोटदेखि राजधानीसम्म
चित्कार नै पुग्दैन..
कहिले औषधीको अभाब त
कहिले स्वास्थ्यकर्मीको..
असहाय र बिरामी जनताका सेवकहरु पनि
आफ्नै ज्यानको मोहमा रणभुमिमा डराइ,
सुटुक्क सुरक्षित स्थानतिर सर्छन ..

कठै ती बझौरेहरु! नेपाली हुनुको पिडामा
मनभरी बह बोकी कोही बँसाई सर्दैछन..
कोही आफ्नै भुमिलाई गर्‍हौ मुटुले सलाम गर्दै
छिमेकी मुलुकतिर पलायन हुँदैछन..
खै त देशले के रक्षा गर्न सक्यो र आफ्ना जनताहरुको?
कहिले प्रत्याभुति दिलाउन सक्यो र सुरक्षित भबिष्यको?
त्यति बिघ्न हैजाको महामारी फैलिएर
सबैजसो पश्चीमेलीहरु नराम्रोसित प्रभाबित भैरहँदा पनि
के ठोस पहल गर्न सक्यो र सरकारले ?
त्यो बिकराल माहोललाई मात्र मौन भैइ नियालिरहे..

धिक्कार छ! हाम्रो नेपाल सरकारलाई
ज्यादा त ती कर्तब्यबिमुढ नेताहरुलाई..
जो बस्तुस्थिती जान्दा जान्दै पनि
मानबताको गहिराइबाट अलिकति पनि
माथि उठ्न नसकी बस मुकदर्शक भैइ हेरिरहेछन्,
ती विवस जनताहरुलाई..
जो झिनो आशामा अझै
जीबनदान र आधारभुत आवश्यकताहरुको
शरणार्थी झै भिख माग्दैछन्..

Comment (1)

एकदम सटिक छ, आशा जी !

Post a Comment