मन

Category:

यस्तो गरौँ,उस्तो गरौँ
यहाँ जाउ, त्यँहा जाउ
यी सबै मनका ईशारा..
तर वास्तवमा कसलाई के थाहा ?
कहाँ छ यो मन? कस्तो छ यो मन?
आभास गर्छौ आँफैभित्र,
तर आकार छैन..
छ यो सबैभित्र सधैं ,
तर ठोस पहिचान छैन..
कहिले अनायासै बाटोहरु बिराइदिदाँ
सम्हालिउँ भन्छ..
कहिले नियन्त्रणमा राख्न खोज्दा
थाहै नपाई भागिदिन्छ..
कहिले त्यसै अत्तालिदिन्छ
फेरि एकैछिनमा कहाँ कहाँ उड्न पुग्छ..
कोही पराइलाई एकै पलमा
आफ्नो ठानिदिन्छ..
कसैलाई बर्षौ देखि जाने पनि
पराइ बनाइदिन्छ ..
एक अञ्जुली मुस्कानसगैँ
सारा ब्यथा भुलिदिन सक्छ..
कसैको खुशीको निम्ती
आफुलाई बलिदान गरिदिन सक्छ..
कहिले खुशीहरुको लहरसँग
कल्पनामा रमाउन पुग्छ..
कहिले आँसुहरुको सागरमा
पुरै संसार नै अध्याँरो देख्छ..
गुमाउँदाको पिडामा पनि यो
त्यागको उत्सब मनाउन सक्छ..
कहिले पाउनुको हर्षमा
दोसाँधमा पनि बाँधिन सक्छ..
तर म त अझै अनभिज्ञ नै भएँ,
बुझ्न सकिन रहस्य यो मनको..
जान्न सकिन अर्थ यो मनको..
तपाईंहरु नै भन्नुस् न
के होला यो मन ?
कस्तो होला यो मन ?

Comments (3)

आशा जी, मनको कुना कुना बसेर मनसंगै रमाएर भनु या जिस्किएर पोख्नुभएको भाव अति मिठो अनि मनलाई बिसाउने चौतारी जस्तै लाग्यो। अखिर मन त हो जता पनि पुग्न भ्याउने ।

अहो निकै राम्रो लाग्यो मलाई त दामि छ है |

आशाजी, हो नि यो मन कहिले खुसीको लहरसंग कल्पनामा रमाउन पुग्छ भने कहिले आँसुको सागरमा डूबी दिन्छ, त्यसैले त गीत लेखिएको होला नि, "मनको बाँधलाई बाध्न सिक पगली, नत्र भिज्नेछ तिम्रो परेली" ......

Post a Comment