आश्वासन जडित नेताहरुमा समर्पित

Category:

फोटो साभार: अन्नपूर्ण पोष्ट

नयाँ नेपाल बनाउँछु भन्थे हाम्रा नेताहरु
आफ्नै धोती स्याहार्न भ्याउने हो,होइन

घाँटी फुल्ने गरी भाषण गर्छन्
बिचरा!देशको मुहार फेरिएको होइन

संबिधान मात्रै नयाँ नयाँ
नियम कानुन माथिकालाई लाग्ने होइन

हुँदो न खाँदोको आश्वासनसँग
सिद्दान्त छन मिठा,व्यबहारमा लागु हुने हो होइन

बजारमा भाउ बढ्या बढै,छुइ साध्य छैन
अर्थमन्त्री हाम्रो फेरिने हो होइन

गरीब, दुखी जनता मरे मरुन्
तिम्रा ब्यञ्जन घट्ने होइन

सिंगारपटार गर्नु बजेटलाई चारैतिरबाट
कतै झुक्किएर चुहिने त होइन

आफ्नो कुर्सी थमाइ हाल्यौ
अब पीर बाँकी केहीको छैन

नाच्,नचाउ आफ्ना जतिलाई
फेरी यो मौका आउने हो होइन

सकेसम्म घुम्नु स्वदेश्,बिदेश
तिम्रो ढुकुटी रित्तिने होइन

साँचो नेता बनि टोपल्नु
तिम्रो टाउको रत्ती दुख्ने होइन

टेबलमुनि लुकामारी खेल्नु
अख्तियारको आँखा पर्ने हो होइन

मरसिडिजमा उफरखुट्टी लाई यात्रा गर्नु
जनताका पसिनाको मुल्य तोकिने हो होइन

तिम्रै छ दिन, गर्नु जति गर आजै
भोलिको दिनमा तिम्रो भर छैन

Comments (4)

ओहो सुन्दर ब्लग रहेछ तपाईको कता कता बाट यहाँ पस्ने मौका मिल्यो। बिस्तारै सबै लेखहरु पठ्ने छु। सुन्दर ब्लगको लागि धन्यबाद है।

neta hurau ko sachai nai fatha hunchan . ok nice post keep it up

नाच्,नचाउ आफ्ना जतिलाई
फेरी यो मौका आउने हो होइन

खुब व्यंग्य हान्नु भयो आशाजी नेतालाइ, तर यिनको घैटोमा कहिले घाम लागेन ।

साह्रै सटीक ब्यंग्य भातमारा नेताहरुलाई! स्थिति यत्ति नाजुक छ र नेताहरु यति पतरु निक्ले कि ब्यंग्यपनि घाऊजस्तै दुख्छ।

Post a Comment