समुन्द्र र म

Category:


तिमी बगिरहेकै छौ निरन्तर-निरन्तर
म किनारमा बसी अबलोकन गरिरहेछु..
कहिले छाल बनि उर्लिन्छ्यौ त
कहिले शान्त भैइ छल्किरहन्छ्यौ..
यो पसिना छुट्ने गर्मीमा पनि
तिमी मन्द पबन बनि शीतलताको आभास दिन्छ्यौ..

म जति दृष्यावलोकन गरिरन्छु तिमीलाई
तिमी उती नै अनन्त,म पुग्न सक्दिन त्यो बिन्दुसम्म..
मात्र केबल कल्पनामा डुबुल्की मार्दै तिमीसँग झुम्न सक्छु..
ढुङ्गा र किनाराहरुसँग मितेरी गाँस्दै तिमी
क्षितिज पारी कहाँ हो कहाँ बगिरहन्छौ उस्तै गरी..
कति आए होलान् बादल,बर्षा र प्रचन्ड घाम
तर ओत लाग्न जान्दैनौ तिमी ..
शिषिरको तुषारो न ग्रिष्मकालीन याम
खै त फरक खोज्न जान्दैनौ तिमी ..

शायद तिमी अनुभब गरिरहेकी छौ
सागर तिम्रो गन्तब्य बनि तिम्रै पर्खाइमा कुरिरहेको छ..
त्यसैले तिमी कसैसँग केही प्रतिकार नगरी
बिना गुनासो र मागहरु बिना नै
हिडिरहन्छौ यात्रामा आदी देखि अनादी सम्म..
झरना,खोला अनि नदीहरुका संगम भै
बिशाल सागरको गहिराइभित्र समाहित हुने उमंगमा..

म उभ्याउन चाहन्छु आफुलाई आज तिमीसँग
र दाँजिरहेछु आँफैलाई मेरो पृष्‍ठभुमिसँग..
म एउटा मान्छे जो सजीबहरुकै सर्बश्रेष्ठ कोटीमा राखिएको छ..
म बग्न सक्दिन तिमी जस्तै अटुट
म अल्झिन्छु,टुक्रिन्छु र कहिलेकाँही त्यसै अलमलिन्छु..
म बन्न सक्दिन तिमी जस्तो अमुर्त र अजर
म प्रतिकार गर्छु र बाँच्नको निम्ती संघर्ष गरिरहन्छु..
तर तिमी मेरो हिम्मत हुन सक्छौ र प्रेरणाको स्रोत पनि
म हिंड्न सकुँ निरन्तर मेरो लक्ष्यसम्म पुग्न
जसरी तिमी एकनास बगिरहन्छौ सागरको मिलनमा..
म रम्न सकुँ र यो जिबनलाई सार्थक बनाउन सकुँ
तिमी जस्तै निष्पक्ष आदर्श एउटा मानबको रुपमा..

Comments (7)

कति मीठा र सरल भाव रहेको छ |

nikai ramro 6 ra vabuk pani 6

राम्रो लाग्यो!!

सुन्दर र भावपूर्ण कविता!

सुन्दर भाबहरुले समुन्द्रको लहरहरु बगेर किनारलाइ तरंगीत पारेजस्तै पार्नुभयो।

सार्है राम्रो छ, तपाईंका सिर्जनाहरु माथिको फोटोमा समुन्दृ छाल् बहे जस्तै निरन्तर बहिरहोस अनि तपाइको जिवनका हरेक यात्राहरु साथक सिद्ध होउन।

प्रतिकृया दिनुहुने र यहाँ भ्रमण गर्नुहुने सबै जान अन्जान मित्रहरुलाई मेरो हृदय देखि नै सादर भाब छ ।

Post a Comment