टुहुरोको ब्यथाहरु

Category:


हे दैब! तिमीले मेरो संसार चुँडाइ लग्यौ किन?
अन्धकारमा धकेलि सबैबाट रित्तो बनाइदियौ किन?
सडक पेटी नै मेरो बासस्थान भयो अब..
फ्यालेका बासी,सडेगलेका खाना नै मेरो आहार भयो अब..
ति फोहोरका डुङँरहरुसँग खेल्दैमा मेरो बालपन गए अब..
जाउँ कहा,कसलाई गुहारुँ? आफु नै लुटिँदा खेरी..
बाल अधिकाराको त के कुरा ?
गुलियो नारा र बिदेशीका डलर मात्रै
रित्याउने भाँडो भएपछि..
अब केबल एउटा धौ बाँकी भयो,
यो जिबनरथ लाई अघी बढाउँ म कसरी ?

पुकारीरहेछु एक्लै यहाँ आकाशमा हेर्दै तिमीलाई
चित्कार तिमीले मेरो सुन्यौ कि सुनेनौ ?
तिम्रो यो तारालाई फुलको थुगाँ बनाउछु भन्थ्यौ,
तर आज तिम्रो अनुपास्थितिमा
कोपिलामै रङहिन भएछु..


तिम्रो ममताको आभासले मलाई सधैं पिरोलिरहन्छ..
तिम्रो काखमा अरु झै लडिबुडी खेल्न मन लाग्छ..
मान्छेहरुले मलाई उपहासको पात्र बनाउँदा कहिले,
म टुक्रिन्छु सिसा जस्तै,
अबिरल बग्दछन आँसुका धाराहरु उस्तै..


त्यसैले आइदेउन तिमी मात्र अन्तिम पटक फेरि,
बाँधिदेउन मलाई तिम्रो न्यानो अगाँलो भरि..
म हेर्न चाहन्छु संसार तिम्रो आँखाबाट..
र फक्रिन चाहन्छु म तिम्रै कोमल स्पर्श,माया र प्रेरणाबाट..
म लम्किन चाहन्छु बिजयपथमा तिम्रै हात्तेमालो बाट..
र पूर्ण बनाउन चाहन्छु आँफैलाई त्यो एक्लोपनबाट..
बिन्ती छ! आइदेउन तिमी मेरो छायाँ बनि फेरि,
म प्रतिक्षारत छु तिम्रै लागि सपनामै भएपनि..

Comments (3)

त्यसैले आइदेउन तिमी मात्र अन्तिम पटक फेरि,
बाँधिदेउन मलाई तिम्रो न्यानो अगाँलो भरि..
म हेर्न चाहन्छु संसार तिम्रो आँखाबाट..


आशा जी कति रुझेका होलान यस्ता आँखाहरु यसरी अधुरा प्रतिक्षामा ?
मार्मिक छ कविता..

आशा जी ! तपाईको लेखाइमा त निकै दम छ , निकै मज्जाले सशक्त रूपले प्रस्तुत गर्नु भा'छ तर कही कतै मिलाउदै पनि जानुपर्ने देखिन्छ | तस्विर भने न्यायोचित रहेको छ , लेखाइ लाइ ढाडस दिएको छ |

धन्यवाद बेदनाथ जी चित्रलाई अन्याय नगरि चित्रण गर्ने कोशीस त गरेकी हुँ तर अझै परिपक्वतामा कमी छ भन्दा फरक नपर्ला ।


हजुर कृष्ण जी सबै आ-आफ्नै कर्ममा ब्यस्त छन। यस्ता रुझेका आँखाहरु र भड्किएका पाइलाहरुलाई सम्हाल्ने फुर्सद कसलाई छ र? त्यही कहिले पुरा नहुने प्रतिक्षाका घडीहरुसँग यी असाहाय हातहरु अन्धकारमा रुमल्लिनु बाहेक खै अरु केही बिकल्पहरुले साथ र आश दिदैनन जस्तो लाग्छ मलाई ।

Post a Comment