Category:

मेरो अपिल
हिड्दै थिएँ आफ्नै बाटोमा,
बग्दै थिएँ उही लहरमा
खै कहाँबाट आयौ तिमी
मेरो संसारको रुप रेखा बदलिदियो
म आँफै तिमी भित्र बिलिन हुन पुगेछु
थाहै नपाई कति चाँडै मन मुटु चोरी लग्यौ
अब त म जहीँतही तिमी नै देख्छु मात्र तिमी
तिमी नै जिबनको एक मात्र आशा भैदियौ
म भन्नु नै तिमी,त्येसैले त समर्पण भैसकेँ
अझै तिम्रा आँखाहरुमा प्यास्को भाब नमेटिएे जस्तो
तर म तिमी रित्तो चाहँदिन, म सँग भएजति सबै तिमीलाई दिसकेँ
लाग्छ सारा आकाशले हामीलाई हेरेर हाँसिरहेछ
पुरै धर्तीले हामीलाई अगाँलिरहेछ
तिम्रो प्रेममा असीमित समर्पित हुनु
म आँफैमा आशचर्य भैरहेछ
पहाडले साथ देओस या नदेओस
तरहिमालहरु सधैं मुस्कुराइरहनेछ
स्पन्दन गर्न सकुँ यी प्रतेक पलहरुलाई
कामना गर्छु त्यो दुई आत्मा एक भएको क्ष्ण्हरुलाई
स्मरण्मा जोगाइ रहन पाउँ
तिमी मेरो आँखा अगाडि नभएर त के भो
कम्सेकम म सम्झनाको सँगालोहरुसँग मात्र भएपनि त बाँच्न पाउँ

Comments (0)

Post a Comment