नेपाली माया

Category:

गगन्चुम्बी यी भवनहरुको उचाइसगैँ
सुन्दर गाउँ अनि बस्तिहरुको
कल्पना गर्छु म।
यी अत्याधुनिक बिकासहरुको संकेत सगैँ
मेरो प्यारो नेपालको चित्रण
आत्मामा कोर्छु म।
यहाँका कृत्रिम देखावटको रमाइलोसगैँ
प्राकृतिक सुन्दरताको शहरमा सलबलाउछु म।
कोलाहल र त्यो ध्वनि प्रदुषण हरुसगैँ
त्यो मन बहलाउने छहरा र छाँगाको
आवाज खोज्छु म।
यो अब्यबस्थित र हतास दैनिकिहरुसगैँ
शान्त अनि सभ्य जीवनको
अपेक्षा गर्छु म ।
स्वादिष्ट बर्गर र पिज्जाहरुको स्वादसगैँ
नेपाली परिकारको मौलिक स्वाद खोज्छु म।
यहाँको पेसाख र पुरिमसगैँ
मेरा हरेक चाडपर्वहरु
झलझली आँखामा देख्छु म।
यहाँको एक्लो र ढोंगीं जीवनहरुसगैँ
हाम्रो सामाजिक मेलमिलाप र एकतासँग तुलना गर्छु म।
समयले ल्याउने त्यो शारिरीक परिवर्तनको
मानसिक तनाबहरुसगैँ
सहर्ष सत्य स्विकारेका
हाम्रा ठुलाबडालाई आदर गर्छु म।
सस्तो यौबन र सुन्दर हुने होडबाजीहरुसगैँ
त्यो असिम प्राकृतिक उपहारसँग
रमाएका नेपालीहरु प्रति गर्ब गर्छु म।
फरक जीबनशैली र सिदान्तहरुसगैँ
नेपाली मन्,मुल्यता र बिबिध संस्कृतिको आभास गर्छु म।
यहाँको डिस्को अनि क्लबहरुको क्षाणिक रमाइलोसगैँ
रोधीं र दोहोरीका सुमधुर भाकाहरु खोज्छु म।
विवसताको हुरीसँग मडारिदै पनि
नेपालको माया मन मुटुभरी सगाँल्छु म।
विदेशी भुमिमा भोलिको सुनौलो दिनको खोजिसगैँ
तिम्रै तस्बिर दिलमा राखी सजाइरहेकी छु म।
आउनेछु फर्की एकदिन तिम्रै काखमा
समर्पिनेछु मेरा सारा तिम्रै लागि म।।

Comment (1)

अहा! मिठो कविता!
र जस्तै विवशताको हुरीमा पनि, यसरि नै नेपालको माया, मन र मुटुभरी संगाल्ने चाहना सबै प्रवासी दिदि बहिनी र दाजुभाईहरुमा पलाइदिए कति जाति हुन्थ्यो होला?

Post a Comment