Category:

एउटा संकल्प
म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफु हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रीबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

Comments (4)

संसार आशा जी ! आज तपाईको ब्लग तीर विना अनुमति भिजिट गरे है , तर राम्रो बिस्वाश रहेछ तपाई को ! निरन्तर प्रगति गर्दै जानू होला |

बेदनाथ जी मेरो अनुमतिको कुनै जरुरी पर्दैन नि तपाईंलाई जहिले ईच्छा लाग्छ आउन सक्नुहुन्छ र साथै कमी कमजोरीहरु पनि पत्ता लगाइ सहयोग गर्नुहुन्छ भनि आशा रखेकी छु। तपाईंहरुको निरन्तर साथ हरु पाएे मेरो रचनाहरुले समयसगै मौलिने मौका पाउँथ्यो कि ?

आशा जी, मेरो गोरेटोमा राखेको तपाइको महान पाइलाई लाई म अन्तर आत्मादेखि स्वागत गर्दै आइन्दा दिनहरुको लागि पनि निमन्त्रणा दिन चाहन्छु । अनि मेरा भावनाको कदर गरिदिनुभएकोमा आभारी पनि छु । मलाई पनि तपाइको बिश्वासमा अडिने मौका दिनुभएकोमा धन्यबाद । सपनै सपनाको संसारमा एउटा छुटै सपना बोकेर उभिएका तपाइका सिर्जनाहरुले सुनौलो बिहानिमा मुर्त हुने अवसर पाउन । मेरो कामना...

अवस्य कोपिला बाट फूल बन्दै फक्रीएर स्वतन्त्रताको झाङबारिमा रमाउदै सिर्जनाको भण्डारमा घोत्लिदै छताछुल्ल भएर पोखिन पाउने दिन अवस्य आउने छ आशा जी । मात्र धैयर्ताको खाँचो हो । मिठो सिर्जना बाडनूभएकोमा धन्यबाद ।

आशाजी, अँध्यारा बाटोहरु अनि विराना घुम्तीहरुमा कहिले विचलित नहुने तपाइको विश्वाश र संकल्पलाइ अनि हिम्मतलाइ सलाम, जसले तपाइँभित्रको सुन्दर जीवन जगाइरहुन र सिर्जनाका दिपहरु जलाइरहुन

Post a Comment