Category:

मनले नबुझेको मन

तिमी सारा जगत रंङिचंगी इन्द्रेणी भएपनि,
म रङहीन भैकन पनि छरिएकी छु।।

तिमीले मेरो अधरहरुलाई कहिले बुझेनौ,
त्यो एक्लोपनलाई आँफैभित्र सम्हालेकी छु।।

गयौ तिमी आफ्नै दुनियाँमा रमाउन एक्लै,
बिछोडका पलहरुलाई माला उनी गाँसेकी छु।।

भावनाहरु क्षतबिक्षेत भैइ कहाली रुँदा जताततै,
पलपल रोईरोई पनि अझै हाँसिरहेकी छु।।

सगैँ बिताएका ती सुन्दर क्षेणहरुको सँगालो,
सम्झनाहरुको दियोसगैँ आँफैलाई जलाएकी छु।।

मुटु यति भारी भई तडपिँदा तिम्रो नाममा,
कनिकुथी शब्दमा ओकल्ने प्रयास गरेकी छु।।

भैगो तिमीले दु:ख नगर मेरो लागि रत्तिपनि,
तिम्रो अनुपस्थितिमा पनि खुशी मनाइरहेकी छु।।

मुस्कुराइरहनु सधैंभरी यसैगरी हर पाइलामा,
तिमीले हाँसेको देखेर म यहाँ बाँचेकी छु।।

खुशीका लहरहरुसित निरन्तर झुमिरहनु,
प्रार्थना तिम्रो लागि भगवानसँग गरेकी छु।।

Comments (0)

Post a Comment