मैले भेटिन
कहाँ पोखुँ यी अनगिन्ती ब्यथाहरु
पोखने कुनै माध्यम नै भेटिन
कसरी पुछुँ यी आँसुका कथाहरु
मन बिसाउने चौतारी भेटिन
जिउनु नै कला हो भने
त्यो कला भित्रको पारखी नै भेटिन
सास फेर्नु नै सार्थकता हो भने
मानब हुनु पछाडिको अर्थ भेटिन
संगीत नै साधना हो भने
सारङी भित्रको त्यो मिठो धुन नै भेटिन
कति बसन्तहरु पार गरे
मनलाई पगाल्ने कुनै ऋतु भेटिन
मोडिए कति घुम्तिहरुमा
हेर्ने आँखाहरुमा केही फरक भेटिन
छहरा छागाँहरु सँग नाता जोडे
नदीसँग बग्ने लहरा नै भेटिन
चाहना र आश्वासन् मा समय फाले
विश्वाशको महल कतै भेटिन
कति अनुभब सँगले होला
तर यो मनलाई छुने त्यो आत्मा नै भेटिन
दुई मुठी सास बाँकी रहे नि
यादहरुलाई जलाउने ठाउँ भेटिन
भोलिको आशा नै जीवन को सार हो भने
त्यो उषाको लाली मैले भेटिन
के गरी काँटु यो बाँकी जिबन
बाँच्ने केही आधार भेटिन
किन होला संसार यस्तो
हजारौ प्रश्नहरुको उत्तर नै भेटिन ।।
Comments (0)
Post a Comment