Category:

म यात्री जिन्दगीको हिददैछु अझै निरन्तर


सुरुवात त निकै अगाडि भइसकेको थियो


तर बिडम्बना ! कतै आँफै होस् गुमाउन पुगेछु


पाइलाहरु त रोकिएको थिएन


केबल मडाँरिदै थिए समयको आबेगमा


गन्तब्ये नभएको पनि होइन


तर लाग्छ दासी हुन पुगेछु ती असहय् हालतहरुमा


म आँफैमा कम्जोरी पनि त कहाँ थियो र


समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा


अझै हिड्दै थिए बेहोशी झै तर बलबान समयले ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा


अनि बिउँझाइदियो र छडिदियो उही सपनाको संसारमा


उस्तै सपनाहरु छचल्किएकै छन आज पनि मेरो मानसपटलमा


सपना देखनु गलति होइन न त अधर्म नै


फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा


जति हावा हुरी आए पनि जे-जस्तोले तगारो हालेपनि


अब हल्लाउन अनि दबाउन सक्दैन मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा


म हिँद्छु र हिँडिरहनेछु त्यो मेरो सपनाको चौतारी नभेटेसम्म


मेरो आत्माले तब सम्म शान्ति पाउँदैन


जब सम्म मेरा यी पाइलाहरुले अनि सपनाहरुले गन्तब्य छात्तीमा सास नफेरेसम्म

Comments (0)

Post a Comment